Jun 06 2026 | २०८३, जेठ २३ गते
अमेरिकाका डेविड बेनेट सुंगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको विश्वको पहिलो ब्यक्ति बनेका छन् ।
चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ। यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन।
यो शल्यक्रियापछि ५७ वर्षीय बेनेट बिस्तारै समायन्य अवस्थामा फर्किँदै गरेको डाक्टरले जनाकारी दिएका छन् ।
यो प्रत्यारोपणमा संग्लग्न डाक्टरले धेरै वर्षको अनुसन्धानपछि यसलाई सफलपूर्वक सम्पन्न गरेका छन् । यसले धेरै मान्छेको जिन्दगी बदल्ने माध्यम बन्न सक्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij