Jun 06 2026 | २०८३, जेठ २३ गते
कुवेतको गृह मन्त्रालयले १८ हजार २ सय २१ आप्रवासीलाई देश निकाला गरेको छ ।
कुवेतबाट देश निकालामा पर्नेहरू ११ हजार १ सय ७७ पुरुष र ७ हजार ४४ जना महिला रहेको अरबटाइम्सले उल्लेख गरेको छ ।
देश निकालामा पर्नेहरूमा अधिकांश कुवेतको भिसा नियम उल्लङघन गर्नेहरू एक लाख ५० हजार भन्दा बढी रहेको बताइएको छ। यस्तै केहीलाई भने कुवेतको कानुनले बर्जित गरेका अपराधिक कृयाकलापमा संलग्न रहेको अभियोग लगाइएको छ।
उनीहरूलाई गिरफ्तार गरी देशनिकाला गरिने कुवेत सरकारले बताउँदै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij