
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।
गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।
प्रमाणपत्र वितरण कार्यक्रम सकिए लगत्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै १ बजे बैठक बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij