Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले माग पूरा नभएसम्म मंसिर ४ देखि १२ गतेसम्म पदाधिकारीहरुलाई अस्पताल प्रवेशमा निषेध गराउनेदेखि तालाबन्दीसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । चैतदेखि हालसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले हरेकदिन एक घण्टा हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् । यो क्रम मंसिर १२ गतेसम्म चल्ने आचार्यले बताए ।
चैतदेखि हालसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नपाएको भन्दै स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरुले हरेकदिन एक घण्टा हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिँदै आएका छन् ।
त्यसैले आन्दोलनका नयाँ कार्यक्रम थप गरेको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्य बताउँछन् । आज (मंसिर ४ गते ) देखि वीरमा न्याम्स पदाधिकारी अस्पताल प्रवेश निषेधको कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन् ।
यसैबीच वीर अस्पतालका कर्मचारीहरुको आन्दोलनप्रति बुधबार स्वास्थ्यका १६ वटा राष्ट्रिय ट्रेड युनियन तथा पेसागत संघ संगठनले ऐक्यबद्धता जनाएका छन् । ऐक्यबद्धता जनाउनेमा नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाललगायत छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij