Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

यौन दुर्व्यवहारको आरोपमा टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी

यौन दुर्व्यवहारको आरोपमा टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी

  • न्युयोर्क । विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । 

    images
    images
    images

    ‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ,’ ६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ । क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिलासँग यौन प्रस्ताव गरेको, उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ ।  

    उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ । कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लिल टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छिन् । 

     उजुरीवारे टेस्लाले कुनै टिप्पणी गरेको छैन् । टेस्लाका मालिक एलन मस्कको व्यक्तिगत ट्विटले अहिले उनीहरुको गुनासो अ‍ेझेलमा परेको बताइएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij