
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ । कम्पनीले ५३ ग्रेड प्राप्त गरेको अवसरमा पुस मसान्तसम्म सबै ग्राहकलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराइने बताएको छ ।
शौर्य सिमेन्टले ओपिसी, पिएससी सिमेन्ट उत्पादन गरिरहेको छ । आगामी दिनमा पिपिसी र लो अल्काली सिमेन्ट उत्पादन प्रक्रियामा रहेको उद्योग नेपालमै पहिलोपल्ट लो अल्काली सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी हो ।
कम्पनीको हाल दैनिक ७० हजार बोरासहित ३ हजार ५०० मेट्रिक टन उत्पादन क्षमता रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij