Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

‘ओमिक्रोन’ भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक

‘ओमिक्रोन’ भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक

  • काठमाडौँ । अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन् । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा.एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरैँ अध्ययन आवश्यक रहेको बताएका छन् । 

    सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ ।

    ‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन । तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी छ,’ डा. फाउसीले भने । अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ । यो समाचार हामीले आजको नागरिक दैनिकबाट साभार गरेका हौँ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij