
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका छन् । आकस्मिक अनुगमनका क्रममा वैदेशिक रोजगार कार्यालय पुगेका मन्त्री श्रेष्ठ समक्ष सेवाग्रहीको धेरै गुनासो आएपछि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका हुन् ।
करिब दुई घन्टाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयबाट हुने गरेका सवै कामहरुको बारेमा जानकारी लिएका थिए । अनुगमनपछि मन्त्री श्रेष्ठले बिहीबारबाटै सेवा प्रवाहमा सुधार गर्ने गरि काम गर्न निर्देशन दिएको जानकारी दिए । मन्त्री श्रेष्ठको अनुगमनका क्रममा सेवाग्रहीले भने एउटै कामका लागि दुई तीनदिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुनासो गरेका थिए । टोकन दिन दुई दिनसम्म पनि धाउँदा नपाएको गुनासो उनीहरुको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij