Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकाको सित्खा–भिरपानी–गोगनपानी जोडने कालोपत्रे सडकको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गरेका छन् । वागमती प्रदेश सरकारको लगानीमा निर्माणाधिन पहिलो खण्डको १० किलोमिटर सडकको मुख्यमन्त्री पौडेलले उदघाटन गरेका हुन् ।


गोगनपानी–धुलेबेसी–भदौरे–भोटनागी सडक खण्डको दोस्रो खण्डको कालोपत्रको लागि काम पनि अगाडि बढेको छ । सडक उदघाटन गर्दै पौडेलले प्रदेश सरकारले सिंगो प्रदेशको मुहार फेर्ने गरी काम गरिरहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधार तथा योजना मन्त्री रामेश्वर फ्याल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको सहभागीता रहेको थियो ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij