Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन्, 'सरकारले जहाँ सुकै पठाए पनि जान तयार छु'

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन्, 'सरकारले जहाँ सुकै पठाए पनि जान तयार छु'

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएका छन् । निर्देशक शाक्यले सरकारले आफूलाई अन्य जिम्मेवारी दिने सन्दर्भमा आवश्यकता अनुसार जहाँ जान पनि तयार रहेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको छ । मैले मेरो आवश्यकता महसूस गरेर सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएको छु,’ बुधवार प्राधिकरणमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो प्राविधिक कार्यक्षेत्र हो । प्लानिङ पनि गर्छु । आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।’

    AGNI GROUP

    कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोभिड महामारी र लकडाउन भएको भए पनि विद्युत्मा कुनै समस्या नहुनेगरी काम गरेको बताए । गतवर्षभन्दा यस वर्ष विद्युत् आपूर्ति कम रोकिएको उनको दाबी छ । अस्पतालहरूमा सबै समय विद्युत् उपलब्धताको बस्दोबस्त मिलाइएको पनि उनले बताए । यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको काम अगाडि बढाएको, थप १३ जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र कर्णालीमा पहिलोपटक राष्ट्रिय प्रणालीको विद्युत् पु¥याएको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट