Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीको कार्यसम्पादन मूल्याङकन नतिजा : एआइजीमा पाल र डिआइजीमा लामा पहिलो !

प्रहरीको कार्यसम्पादन मूल्याङकन नतिजा : एआइजीमा पाल र डिआइजीमा लामा पहिलो !

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन मूल्याङकनको नतिजा सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षकदेखि डिआइजीसम्मको नम्बर सार्वजनिक गरिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव महेश्वर न्यौपानेसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एकसय पूर्णाङकमा ९०.५ नम्बर ल्याएका छन् ।

    onlinepatrika
    Arghakhachi


    एआइजीहरुमध्ये हरि पाल उत्कृष्ट भएका छन् । उनको नेतृत्वमा महानगरीय प्रहरी कार्यालयले ९५.८९ प्रतिशत ल्याएको छ । मानव स्रोत तथा प्रशासन विभागका एआइजी निरज बहादुर शाहीले ६७.११, कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेलले ६६.५२, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी प्रद्युम्न कार्कीले ६६.७९ तथा प्रहरी अस्पतालकी डा. आशा सिंहले ७९.१७ नम्बर ल्याएकी छिन् ।’

    AGNI GROUP

    प्रदेशमा वागमति उत्कृष्ट

    सात प्रदेशमध्ये वागमति प्रदेशका डिआइजी उत्कृष्ट भएका छन् ।

    पहिलो वागमति प्रदेश - ९७.०३

    दोस्रोमा लुम्बिनी प्रदेश - ९६.५६, 

    तेस्रोमा गण्डकी - ९६.०३

    चौथोमा प्रदेश नम्बर १, - ९५.९०

    पाँचौमा प्रदेश नम्बर २, - ९५.७४

    छैठौंमा सुदुरपश्चिम - ९५.२१

    सातौंमा कर्णाली प्रदेश - ९४.९६


    सबैभन्दा धेरै नम्बर ल्याउने वागमति प्रदेशको प्रमुखमा डिआइजी बसन्त लामा थिए । त्यस्तै दोस्रो हुने लुम्बिनीमा डिआइजी रबिन्द्र धानुक, तेस्रो हुने गण्डकीमा घनश्याम अर्याल, चौथो हुने प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, पाँचौ हुने प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, छैठौं हुने सुदुरपश्चिममा उत्तम सुवेदी तथा सातौ हुने कर्णालीमा बसन्त पन्त थिए ।


    यो वर्ष पनि सबै इन्चार्जहरुसँग कार्यसम्पादन मूल्याङकन सम्झौता भइसकेको छ । तर, उत्कृष्ट हुनेहरुलाई पुरस्कृत भने गरिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट