Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विद्युतको नेतृत्वपछि यस्तो छ पम्फाको प्लान

विद्युतको नेतृत्वपछि यस्तो छ पम्फाको प्लान

  • निजीक्षेत्रले ऊर्जाक्षेत्रमा ठूलो लगानी गरेर राज्यलाई योगदान गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पम्फा भुसालले भनिन्, ‘निजीक्षेत्रलाई हामीले संरक्षण गर्नुपर्छ । उहाँहरूको अभिभावक पनि सरकार हो ।’

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । ऊर्जामन्त्री भुसालले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी हुन् । 

    ‘ऊर्जा आर्थिक तथा औद्योगिक विकासका निम्ति कच्चा पदार्थ हो । त्यसको खपत स्वदेशमै हुनुपर्छ,’ उनले बताइन् । नेपालमा उत्पादन भएको विद्युत् नेपालमै प्रयोग गर्न सक्ने गरी विकासका योजनाहरू बनाउर्ने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्नेमा उनको जोड थियो । निजीक्षेत्रले ऊर्जाक्षेत्रमा ठूलो लगानी गरेर राज्यलाई योगदान गरेको उल्लेख गर्दै उनले थप भनिन्, ‘निजीक्षेत्रलाई हामीले संरक्षण गर्नुपर्छ । उहाँहरूको अभिभावक पनि सरकार हो ।’

    विद्युतीकरण हुन नसकेका क्षेत्र र जनतामा छिटोभन्दा छिटो केन्द्रीय प्रसारण लाइन पु¥याएर विद्युत् उपलब्ध गराने उनको भनाइ छ । उनले चाडो प्रसारण पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाबाट जनताको घरमा उज्यालो पुर्‍याउने बताइन् ।

    twitter sharing button
    whatsapp sharing button
    messenger sharing button
    sharethis sharing button

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij