
Apr 02 2025 | २०८१, चैत २० गते
नमस्ते ।
माथि उल्लेख भएको शिर्षकमा हाम्रो निस्वार्थ प्रतिबद्धता जनाउँदै हाम्रो बारेमा जान्न चाहना राखेर यस पृष्ठमा प्रवेश गर्नुहुने शुभचिन्तक पाठकलाई हार्दिक स्वागत गर्दछु ।
अहिले समय फेरिएको छ । पाठकहरुको रुचि र स्वाद फेरिएका छन् । पत्रपत्रिकाको दाँजोमा अहिले स्मार्ट फोनमा हेरिने अनलाइन समाचार साईटहरु निकै अगाडि र उत्कृष्ट हुँदै गईरहेका छन् । यही संयोग र फड्कोलाई आत्मसात गर्दे अनलाइन पत्रिका डटकमले आफ्नो आवरण समेत परिवर्तन गरेर यहाँहरुमाझ आएको छ ।
अनलाइन पत्रिका मिडिया हाउस अन्तर्गत अनलाइन पत्रिका डटकम (अनलाइन संस्करण), अनलाइन पत्रिका (छापा संस्करण), अनलाइन टिभी, पत्रिका (मासिक) विशेष बुलेटिन, ललितपुर मिडिया क्लब र न्यूज एण्ड फोटो ट्रान्सफर एजेन्सी आदि सँगसँगै रहनेछ ।
राज्यको चौथौं अंगको रुपमा रहेर समस्टिमा देश, जनता र सरकारलाई सही मार्ग निर्देशनगरि समुन्नत समाजको विकास गर्ने चाहना अनुरुप अनलाइन पत्रिका डटकमले आफ्नो छापा संस्करणलाई समेत निरन्तरता दिँर्दै आइरहेको छ । पाटनमा सर्वाधिक पढिने अनलाइन पत्रिकाको छापा संस्करण हरेक सोमबार प्रकाशित हुँदै आइरहेको छ । अनलाइन पत्रिकाको अनलाइन संस्करणले देशरविदेशका विशेष खबर तथा गतिविधिबाट यहाँहरुलाई जानकार बनाउन अहोरात्र सक्रिय छँदैछ । साथै, अनलाइन पत्रिकाको छापा संस्करणले ललितपुरका खबरलाई विशेष प्राथमिकतामा राख्दै आइरहेको छ ।
साथै, प्रत्येक पल समाचारको पहुँच बनोस् भनेर मोबाईल एप्सको निर्माण कार्य जारी छ । अनलाइन पत्रिका टेलिभिजनले पनि चाँडै आफ्नो घुम्टो खोल्ने तयारी गरिरहेको छ । अनलाइन पत्रिका मिडिया हाउस अन्तर्गत अनलाइन पत्रिकाको (अनलाइन संस्करण र छापा संस्करण), अनलाइन टिभी, मासिक विशेष बुलेटिन, ललितपुर मिडिया क्लब र न्यूज एण्ड फोटो ट्रान्सफर एजेन्सी आदि सँगसँगै रहनेछ ।
यहाँहरूको समाचार र व्यवसायिक गतिविधिलाई सक्दो चाँडो विश्वभर पु¥याउनुका साथै दर्शक र पाठकसम्म सत्य समाचारको सारथि बनेर संवाहकको भुमिका खेल्न हामी सदा तत्पर छौ । हाम्रो तर्फबाट गर्ने सकिने सम्पुर्ण सहयोगको प्रतिबद्धता जनाउँदै अनलाइन र पत्रिकाको माध्यमबाट यहाँहरूको व्यवसायिक प्रवद्र्धनका सूचना र सामाजिक कार्यक्रमहरुलाई विश्वव्यापी गराउन सघाऊ हुनेमा दुई मत छैन । यसर्थ अनलाइन पत्रिकाको निरन्तरतामा तपाईहरूको सल्लाह, सुझाव र सहयोगहरु अपरिहार्य हुन्छ नै । अहिलेलाई यति नै धन्यबाद ।
सुविनकुमार श्रेष्ठ
अध्यक्ष/प्रधानसम्पादक
अनलाइन पत्रिका मिडिया हाउस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij