Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पृथ्वीराजमार्गमा गुड्न थाल्यो सवारी, शुक्ला गण्डकीमा सडकमै खोला

पृथ्वीराजमार्गमा गुड्न थाल्यो सवारी, शुक्ला गण्डकीमा सडकमै खोला

  • अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–७ बैलचौतारास्थित करिब एक दर्जनभन्दा बढी घर डुबान परेका छन् ।  

    धादिङ । पृथ्वी राजमार्गको धादिङ खण्ड पुनः सञ्चालनमा आएको छ । पहिरोले बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा राजमार्ग अबरुद्ध भएको थियो । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । 

    यता तनहुँमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । अबिरल वर्षात्का कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो ।

    यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ । अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–७ बैलचौतारास्थित करिब एक दर्जनभन्दा बढी घर डुबान परेका छन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij