
Apr 09 2025 | २०८१, चैत २७ गते
बाँके । नेपालगन्जस्थित भेरी अस्पतालका नर्समाथि हातपात गर्ने मानबहादुर रावतलगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३ का नेकपा एमाले इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् ।
यही घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नेपाल चिकित्सक संघ, बाँकेका अध्यक्ष डा विनोद कर्ण, नेपाल नर्सिङ संघ, बाँकेकी अध्यक्ष, लक्ष्मी केसी, नेपाल प्रहरीका डिएसपी, सरकारी वकिल कार्यालयका प्रतिनिधी तथा अस्पताल विकास समितिका सदस्य सहित ७ जनाको समिति बनेको छ।
अस्पतालमा उपचार गराइरहेका एकजना आफन्तको मृत्यु भएपछि दाङका मानबहादुर रावतलगायतको समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेका थिए । दाङ तुलसीपुर उपमहानरपालिका–११ निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।
यो पनि पढ्नुस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij