Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन'

'संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका छैन'

  • काठमाडौं । संविधानविद्ले संविधानविपरीतका काम नगर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए। छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको औचित्य नै समाप्त हुने बताएका थिए।

    onlinepatrika
    Arghakhachi

    संविधानविद् डा। भीमार्जुन आचार्यले संविधानबमोजिम अहिले सभामुखको कुनै भूमिका नभएको बताए। राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्दा नै विपक्षी दलले त्यस कदमको विरोध गर्नुपर्नेमा खुरुखुरु सहभागी भएकाले अहिलेको जटिल समस्या आएको आचार्यको तर्क थियो।  

    AGNI GROUP

    उनले संविधानमै नभएको विश्वासको मत लिन अधिवेशन बोलाउने काम हुँदा पनि नबोलेको, प्रधानमन्त्रीले राजीनामा नगरीकन वा पदमुक्त नभईकन धारा ७६ ९५० मा प्रवेश गरेर सरकार गठनका लागि आह्वान गर्दा नै राष्ट्रपतिलाई महाभियोग लगाउन नसकेको र सभामुख पनि मुकदर्शक बनेर बसेको बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट