
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । अक्सिजन उत्पादक कम्पनीहरुमा सरकारले निगरानी बढाएको छ । अक्सिजन कम्पनीमै पुगेर नेपाल सरकारका गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीसहितको टोलीले निगरानी गरेका हुन् ।
आज ललितपुरमा संचालित अक्सिजन उत्पादक कम्पनीमा गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले छड्के निगरानी गरेका हुन् । उनीहरुले सुरक्षा व्यवस्थ र कम्पनीको अक्सिजन उत्पादन बुझेका थिए ।
पछिल्लो समय अक्सिजन सिलिन्डर लुकाउने देखि कालोबजारी सम्मको विषय बाहिर आएपछि सरकारले निगरानी बढाएको हो । अक्सिजन उत्पादक कम्पनीहरुमा प्रहरी सुरक्षा कडा पारिएको ललितपुर प्रहरी परिसरकी प्रमुख किरण बज्राचार्यले बताइन् । अक्सिजन आपूर्तिबारे सरकारले तथ्यांकसहित निगरानी राखेको छ ।
तस्वीर : महानगरीय प्रहरी परिसर, जावलाखेल
यो पनि पढ्नुस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij