Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब

प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै समूहबाट दबाब परेको छ। त्यस्तै खनाल–नेपाल पक्षले पनि आफूहरू पार्टी मिलाउने पक्षमा रहेको तर निषेध गरेर जाने हो भने अप्रिय निर्णय लिन सक्ने सन्देश दिएपछि ओली दोहोरो दबाबमा परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    ओलीले पार्टी मिलाउने गरी कदम चाल्नुपर्ने उनकै समूहका नेताहरूको दबाब रहेको छ। ओली भने निसर्त विश्वासको मत दिनुपर्ने त्यसपछि मात्रै कारबाही फुकुवा हुने अडानमा छन्। खनाल–नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय नसच्याएसम्म आफूहरू पुरानै अवस्थामा रहने बताउँदै आएका छन्।  

    AGNI GROUP

    ओली पक्षका नेताहरूले पार्टी नमिल्ने हो भने आगामी निर्वाचन फलामको च्युरा हुने र कांग्रेसले सहजै निर्वाचन जित्ने रिपोर्टिङ गर्दै आएका छन्। उनीहरूले खनाल–नेपाल पक्षले उठाउने उम्मेदवारका कारण चुनाव हार्न भरपुर सहयोग पुग्ने भन्दै ओलीलाई पार्टी मिलाउन दबाब दिएका हुन्। ‘दुई दिन यता उहाँलाई निकै दबाब छ तर माधव नेपालहरूले निसर्त विश्वासको मत दिनुपर्ने पक्षमा भएका कारण सहजै मिल्ने अवस्था छैन। पार्टी अध्यक्षले नै मिलाउन पहल गरेमा नेपाल पक्ष लचिलो भएको अवस्था छ’, ओली पक्षका एक स्थायी कमिटी सदस्यले भने।

    उनका अनुसार पार्टी मिलाउने काम गर्नु भनेर देशव्यापी रूपमै दबाब छ तर अहिले ओलीले सोच्न सकिने र विभिन्न माध्यमबाट कुराकानी भइरहेको बताएका छन्। ‘विभिन्न माध्यमबाट पार्टी मिलाउने काम हुँदैछ तपाईंहरू ढुक्क हुनुस् भन्नुभयो तर अझै आश्वस्त हुने अवस्था छैन’, ओली निकट स्थायी कमिटी सदस्यको दाबी छ।तर ओलीले परिणाम निस्कनेगरी कुरा अघि बढाएका छैनन्। यसले गर्दा सरकार ढल्ने ओली पक्षका नेताहरूको भनाइ छ। नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलले विश्वासको मत दिने अवस्था छैन। एमाले एक ढिक्का भएपछि जसपाको एउटा पक्षले समर्थन दिए पनि सरकार जोगिने अवस्था आउने ओली पक्षको बुझाइ छ।  

    खनाल–नेपाल पक्षले भने एमालेभित्रै लडाइँ लड्ने तयारीका साथ सांसद पदबाट राजीनामा दिएर संसद्बाट बाहिरिने नीति अख्तियार गर्न खाजेको छ। फागुन २८ को निर्णय सच्याएर अघि बढे भने ओलीलाई विश्वासको मतमा साथ दिने योजना यो समूहको छ। सांसद पदबाट राजीनामा दिएर बाहिरिएपछि ओली सरकार अल्पमतमा पर्ने नेपाल पक्षको बुझाइ छ। उनीहरूले संघीय सांसद र प्रदेश सभाका रहेका आफू पक्षधर सांसदले राजीनामा दिने विषय छलफलमा ल्याएका छन्। ओलीलाई पार्टी मिलाउन अन्तिम दबाब दिनेगरी यो नीति अख्तियार गर्न खोजिएको हो।

    ‘ओलीले जसरी पनि पेल्ने, पार्टीबाट निकाल्ने भएपछि सांसदका रूपमा बसेर उनलाई मत दिनुको अर्थ छैन। त्यसकारण संघ र प्रदेशमा रहेका सबै सांसदले एकसाथ राजीनामा दिएर समानान्तर संगठन निर्माणमा लाग्नुपर्ने मत बलियो भएको छ। सकेसम्म यो विषयमा हामी प्रवेश गर्नु नपरोस्। ओलीले फागुन २८ को निर्णय सच्याएर आए, पार्टीभित्र बस्ने वातावरण बनाए भने उनको सरकारले निरन्तरता पाउनेछ’, नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार अहिले पार्टी फुटाउनु हुँदैन भन्ने मत बलियो भए पनि ओलीले पार्टीभित्र बस्न नदिने भएपछि समानान्तर कमिटी बनाएर आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेसम्मको तयारी भएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट