
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र निष्कासनको आवेदन आज मंसिर २४ गतेबाट बिक्री खुल्ला गरिएको छ । बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले एक हजार रुपैयाँ अंकित मूल्यको १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij