Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

घुस लिएको ८ लाख बाटो छेउमा फालेर भागे गाउँपालिका अध्यक्ष

घुस लिएको ८ लाख बाटो छेउमा फालेर भागे गाउँपालिका अध्यक्ष

  • काठमाडौं । नुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् । भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा सडक छेउमा फालेर भागेका हुन् । अख्तियारले उक्त रकमसहित अध्यक्ष राउतका सवारी चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिएको छ ।    

    images
    images
    images

    ुगाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्र.२.०२.००१ झ ०००२ नम्बरको कालो रंगको स्कोर्पियो गाडीमा रु। ८,००,०००।– अतिरिक्त रकम लिई भाग्ने क्रममा उक्त रकम जिल्ला धनुषा छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउमा फ्याँकी फरार रहेको, निजका सवारी चालक वीरबहादुर मगरलाई बटेश्वर गा.पा. वडा नं.४ बाट नियन्त्रणमा लिइएको र नगद रकम रु. ८,००,००।– (आठ लाख रुपैयाँं)  छिरेश्वर न.पा. वडा नं.५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेला पारी निज सवारी चालक र उक्त नगद रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,ु अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij