
Apr 05 2025 | २०८१, चैत २३ गते
ललितपुर । ललितपुरको लगनखेल क्षेत्रबाट मंगलबजार जाने सडक एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले विज्ञप्ती प्रकाशन गरेर सो क्षेत्रको सडक एकतर्फी गरिएको हो । मंगलबजारबाट मछिन्द्र बहाल, इखालखु र लगनखेल तर्फ जाँदा सडकमा सबै खाले सवारी सधानहरु एकतर्फी हुनेछन् ।
साँधुरो सडक, फुटपाथ पसल र अत्याधिक पैदलयात्री हिड्ने यो सडकमा सधै जाम हुने गर्दछ । महानगरपालिकाले बिहान ८ बजेदेखि राति ८ बजेसम्म एकातर्फ रुपमा सडक प्रयोग गर्ने गरी व्यवस्था मिलाएको जानकारी दिएको हो ।
महानगरपालिकाले केही समयअघि सडकपेटीमा व्यापार गर्न बन्देज लगाएको भए पनि कार्यान्वयन गर्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij