
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । ३१ वर्षीय बास्तोलाको हत्यामा संलग्न रहेको आशंकामा १९ वर्षीय सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट गए राति पक्राउ गरेको हो । उनलाई आज मंगलवार नै सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गर्ने तयारी गरेको एसएसपी सन्तोष खड्काले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij