
Jul 31 2025 | २०८२, साउन १५ गते
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका–२ मा गत शुक्रवार किशोरीमाथि ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनकारी दिएको हो । ति किशोरीलाई गत शुक्रवार रातको १० बजेतिर ३ जनाले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता हरि बाहादुर आलीले लोकपथलाई बताए । ३ जना मध्य एक जना आरोपित धादिङ बेनिघाट घर भएका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुईजना फरार रहेका प्रवक्ता आलीले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij