
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । कोरोनाका कारण विश्वका विभिन्न देशका नागरिकले ज्यान गुमाइरहेको छन् भने निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । अहिले विश्वका विभिन्न देशमा कोरोनो खोप पनि लगाउन शुरु गरिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ४९ लाख ९१ हजार ८९ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ लाख ५० हजार १ सय ९२ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ९ करोड ७ लाख ७ हजार ४ सय २२ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख २७ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ९३ लाख १४ हजार २ सय ५४ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ९८ लाख १७ हजार ५ सय ३२ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ५५ हजार ८ सय ३६ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५ लाख ८९ हजार ६ सय ८ पुगेको छ ।
त्यस्तै भारतमा हालसम्म एक करोड ११ लाख २३ हजार ६ सय १९ कोरोना संक्रमित छन् भने एक लाख ५७ हजार २ सय ७५ ले ज्यान गुमाइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij