
Jul 30 2025 | २०८२, साउन १४ गते
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक गुरुदत्त पौडेल पक्राउ परेका छन् । वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठगी गरेको पीडित पक्षको उजुरी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij