Logo

Jul 30 2025 | २०८२, साउन १४ गते

Jul 30 2025 | २०८२, साउन १४ गते

उद्योग परिसंघले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान चलाउने

उद्योग परिसंघले ‘मेक इन नेपाल-स्वदेशी’ अभियान चलाउने

  • काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले मेक इन नेपाल–स्वदेशी अभियान चलाउने भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ परिसंघले मेक इन नेपाल–स्वदेशी अभियानलाई प्राथमिकताका साथ अगाडी बढाउने भएको हो । 

    images
    images
    images

    सोमबार परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेट गरी मेक इन नेपाल–स्वदेशी अभियान बारे जानकारी गराएको छ । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए । 

    images

    यस अभियानमा नेपाल सरकारको समेत साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने उनले धारणा व्यक्त गरे ।  यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

    साथै, परिसंघका उपाध्यक्ष अनुज अग्रवालले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको मन्त्री भट्टराईलाई जानकारी दिए । विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने, पाँच वर्षमा वार्षिक निर्यात ४।३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने लक्ष्य रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij