Logo

Jul 30 2025 | २०८२, साउन १४ गते

Jul 30 2025 | २०८२, साउन १४ गते

स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ 

स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ 

  • काठमाडौं  । सप्तरीको सीमावर्ती क्षेत्रमा एक साताभित्रै दुई पटक स्रोत नखुलेको रकमसहित महिलाहरु पक्राउ परेका छन् । यो सँगै त्यहाँ हुण्डीको कारोबार वृद्धि भएको छ । पछिल्लो पटक सोमबार सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको तीन लाख रुपैयाँसहित एकजना महिलालाई पक्राउ गरेको छ । 

    images
    images
    images

    बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकमसहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ निवासी ५५ वर्षीया गीता देवी महतो छन् । शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३ लाख रुपैयाँ बरामद भएको बताइएको छ । ११ फागुनमा यही ठाउँबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरेको थियो ।छिन्नमस्ता गाउँपालिका–५ निवासी ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका थिए । उनीहरुको साथबाट स्रोत खुल्न नसकेको रु १० लाख फेला परेपछि दुवैजनालाई रकमसहित पक्राउ गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij