Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

  ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

  ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

  •  काठमाडौं  । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ ।  दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो हुनुभएको हो । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो । विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिच्नु भएका दुई हजार ७३  फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ ।  प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए ।

    सजिलै हाड भाँचिने रोग(ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आप्mनै छोरा अनिमेसलाई  दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पु¥याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाउनुभएकोे थियो । एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ । ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गर्नुभएको फोटोले दिएको थियो ।  

    फोटोमाध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै  भन्नुभयो, “सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु । ” फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आप्mनो लागि महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij