Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रम संस्कृति छाडेको निनाचन्द्रको घोषणा, हर्क साम्पाङले धरानको मेयर उठाउँछु भनेर ढाँटेको दाबी

श्रम संस्कृति छाडेको निनाचन्द्रको घोषणा, हर्क साम्पाङले धरानको मेयर उठाउँछु भनेर ढाँटेको दाबी

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरे ।

    onlinepatrika
    Arghakhachi

    हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।

    AGNI GROUP

    आफूलाई धरानको मेयरको आश्वासन दिइएकोमा धोका दिएको निनाचन्द्रले बताएका छन् । हर्कले भावी मेयरमा धनबहादुर राईको नाम घोषणा गरिसकेका छन् । धनबहादुरले ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका थिए ।

    निनाचन्द्रले नेपाल प्रेससँग भने, ‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईँ न कम्फर्म हो भन्नुभएको थियो । मैले बोलेपछि सकियो भनेर पार्टीमा ल्याउनुभयो । अहिले आएर अरुलाई नै अघि सार्नुभयो ।’

    हर्कलाई स्वतन्त्र मेयर जिताउन खटेका निनाचन्द्र पार्टी गठनपछि पनि केही समय संगठित भएका थिएनन् । स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका उनलाई हर्कले गत वैशाखमा पार्टी प्रवेश गराए ।

    पार्टी प्रवेश गराउँदा मेयर बनाउन आश्वासन दिएर पार्टीमा प्रवेश गराएको निनाचन्द्रले दाबी गरेका छन् ।

    उनले भने, ‘मेयरको आँकाँक्षी अरु पनि छन् नी भन्दा तपाँई नैँ हो भनेर भन्नुभो । अहिले आएर अरुलाई नै पद दिँदै हिँड्नुभएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट