प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दैलेखमा एक बाबुले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्कका ७१ वर्षीय कम्बिराज थापाले घरेलु विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। मदिरा सेवनपछि सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिँदा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आरोपित कम्बिराज थापालाई घटनामा प्रयोग गरिएको खुर्पासहित उनकै निवासबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij