Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'सुधन गुरुङ छानबिन समिति'ले माग्यो थप पाँच दिनको समय

'सुधन गुरुङ छानबिन समिति'ले माग्यो थप पाँच दिनको समय

  • काठमाडौं । रास्वपाका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिनको प्रतिवेदन तयार पार्न गठित समितिले सरकारसँग थप समय माग गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रतिवेदन लेखनको काम नसकिएकाले समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोमबार औपचारिक पत्र पठाएको हो । पत्रअनुसार समितिको म्याद पाँच दिन थप्न माग गरिएको छ । 

    AGNI GROUP

    मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भिक रूपमा १५ दिनको समयसीमा दिइएको थियो । 

    समितिका सदस्य नेउपानेका अनुसार तोकिएको समयमा आवश्यक तथ्य तथा प्रमाण सङ्कलनको काम सम्पन्न भएको र प्रतिवेदन तयार गर्न अझै समय चाहिएकाले थप समय माग गरिएको बताए । 

    व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीबारे उठेका प्रश्नका आधारमा गुरुङमाथि छानबिन सुरु गरिएको हो। सोही विवादपछि उनी गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट