Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सार्वजनिक भएपछि विवाद सुरु भएको छ।
मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद झाले प्रहरी कार्यालयको एक कार्यक्रममा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको देखिन्छ । उक्त दृश्य समेटिएको भिडियो सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।
सामान्यतया सांसदहरूलाई सलामी दिने प्रचलन भए पनि पिर्का राखेर विशेष रूपमा सलामी दिने व्यवस्था नरहेको बताइन्छ । सार्वजनिक भएको भिडियोपछि सामाजिक सञ्जालमा यस विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
घटनाबारे प्रहरी तथा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । भिडियो सार्वजनिक भएसँगै कार्यक्रमको उद्देश्य र पिर्का प्रयोग गरिएको कारणबारे पनि चासो बढेको छ ।
यसअघि पनि यसरी सलामी लिएका तस्बिर तथा भिडियो बाहिर आएपछि आलोचना हुने गरेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij