Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतले पेट्रोल र डिजेलमा निर्यात शुल्क घटायो, अब कति लाग्नेछ ?

भारतले पेट्रोल र डिजेलमा निर्यात शुल्क घटायो, अब कति लाग्नेछ ?

  • काठमाडौं । भारत सरकारले जुन १ देखि पेट्रोल, डिजेल र एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा लाग्ने निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाउने भएको छ।

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी रोयटर्सका अनुसार, पेट्रोलमा निर्यात शुल्क प्रति लिटर १.५ रुपैयाँ कायम गरिएको छ भने डिजेलमा यो १३.५ रुपैयाँ प्रति लिटर हुनेछ। एटीएफमा निर्यात शुल्क ९.५ रुपैयाँ प्रति लिटर तोकिएको छ।

    AGNI GROUP

    यी दरहरू प्रत्येक पन्ध्र दिन (दुई हप्ताको अवधिमा) परिवर्तन गरिन्छ।

    यस्तो परिवर्तन कच्चा तेल, पेट्रोल, डिजेल र एटीएफको विश्वव्यापी औसत मूल्यका आधारमा तय गरिन्छ।

    सामान्यतया भारत सरकारले हरेक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समीक्षा गर्छ र त्यसैअनुसार पेट्रोल, डिजेल र एटीएफमा लाग्ने निर्यात शुल्क निर्धारण गर्छ।

    तर, सर्वसाधारणले प्रयोग गर्ने पेट्रोल र डिजेलमा लाग्ने पुरानै कर कायम रहनेछ। यसमा न त नयाँ कर थपिएको छ, न त कुनै कर घटाइएको छ।

    निर्यात शुल्क एक प्रकारको अप्रत्यक्ष कर हो, जुन कुनै पनि देशको सरकारले आफ्नो देशबाट बाहिर (अन्य देशमा) पठाइने वस्तुहरूमा लगाउने गर्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट