Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नेबारे छलफल गर्नको लागि नेपाली जनसम्पर्क समितिसँगको भर्चुअल बैठक बोलाएको छ ।
सदस्यता नवीकरण गरी अद्यावधिक गर्ने र नयाँ क्रियाशील सदस्यता वितरण गरी केन्द्रको सिस्टममा प्रविष्ट गर्ने सम्बन्धमा छलफल गर्न महामन्त्री प्रदीप पौडेलले बैठक राखेका हुन्।
बैठकमा नेपाली जनसम्पर्क समितिका वर्तमान पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन्। जेठ १५, १६ र १७ गते विभिन्न देशकामा रहेका पार्टीका नेताहरूसँग बेग्लाबेग्लै समयमा छलफल गर्ने तय भएको जनाएको छ। कांग्रेसले जेठ २१ गतेभित्र सदस्यता अद्यावधिक गरिसक्ने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij