Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । एसियन गेम्स महिला टी–२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।
खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij