Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सप्तकोशी नदीको बीच टापुबाट ४ सय ७५ केजी गाँजा बरामद

सप्तकोशी नदीको बीच टापुबाट ४ सय ७५ केजी गाँजा बरामद

  • काठमाडौं । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करीव ४ सय ७५ केजी गाँजा बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा बरामद गरिएको हो ।

    AGNI GROUP

    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

    नदीको बीच टापुमा भएको कारण सशस्त्र प्रहरीले र्‍याप बोटको प्रयोग गरी सो गाँजा नदी वारी ल्याएको थियो ।

    बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट