Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारलाई अमेरशले गराए ३ विषयमा ध्यानाकर्षण

सरकारलाई अमेरशले गराए ३ विषयमा ध्यानाकर्षण

  • काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन नसकेको बताए ।

    onlinepatrika
    Arghakhachi

    सिंहले भने, सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने रकम पनि किसानलाई चाँडै उपलब्ध होस् ।

    AGNI GROUP

    उनले रोपाइँको सिजन सुरू हुन लागेको भन्दै मलको व्यवस्था गर्न पनि माग गरे । उनले थपे, अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन। १०-१५ दिनपछि रोपाइँको सिजन सुरू हुन्छ ।

    उनले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट