Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका वडा नं. ९ कमलाबारीबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
चतराबाट रामपुरतर्फ आउँदै गरेको बा ३० प ६००९ न. को मोटरसाइकललाई शङ्का लागि गएराति चेकजाँच गर्ने क्रममा चालक बेलका–४ बस्ने वर्ष २७ वर्षीय सन्देश मगर र सोही मोटरसाइकलको पछाडि सवार बेलका–३ बस्ने वर्ष २५ को पारस राईलाई प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका निजहरू दुबैलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij