Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

  • काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयमा हुम्ला र बाजुराका स्थानीयको बिचमा झडप भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    विवाद भएको ठाउँमा लङ रुट पट्रोलका लागि इन्स्पेक्टर लक्ष्मीराज जोशीको कमान्डमा १६ जना सुरक्षाकर्मी त्यसतर्फ पठाइएको बाजुराकी डीएसपी शैलेश्वरी बोहराले बताइन् । उनले भनिन्– ‘त्यहाँका स्थानीयले असुरक्षित महसुस गरेपछि टिम पठाइएको हो ।’

    AGNI GROUP

    इन्स्पेक्टर जोशीसँगै सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी त्यसतर्फ गएका छन् । जिल्ला सदरमुकामबाट लाम्पाटा पुग्न ३ दिन पैदल हिँड्नुपर्छ । एलआरपीमा गएको टिमले त्यहाँको वस्तुस्थिति बुझेर फर्किने डीएसपी बोहराले जानकारी दिइन् ।

    हुम्ला र बाजुराको सीमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीय बिच वैशाख ३ मा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका–५ लाम्पाटा घर भएका ५ जना घाइते भएका थिए ।

    हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सीमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध गरेका थिए ।

    कवारीखोला लाई हुम्लाका स्थानीयले दुई जिल्लाका सिमाना दाबी गरेको हुम्लाका डीएसपी शङ्कर खड्काले बताए । खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित ५ जनालाई कुटपिट गरेका हौँ ।

    सुदूरपश्चिम चिनाउने अभियान लिएर त्यहाँ जाँदै गरेका धनगढीको मेयर गोपाल हमाल नेतृत्वको टिम साइपाल बेसक्याम्प नपुग्दै फर्किएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट