Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यी स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध

यी स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध

  • काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण देशका केही स्थानमा सडक अवरुद्ध छ । मध्यपहाडी लोकमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मध्यपहाडी लोकमार्गमा मात्र तीन ठाउँमा सडक अवरुद्ध छ ।

    onlinepatrika
    Arghakhachi

    पाँचथरको याङवारक गाउँपालिका–३, ओयाम बजारमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यही जेठ ८ गते राति करिब साढे ११ बजे उक्त स्थानस्थित च्याङथापुदेखि थर्पु जोड्ने मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    सोही राति करिब १२ बजे याङवारक–३, रिजालभीरस्थित च्याङथापुदेखि थर्पु जोड्ने मध्यपहाडी लोकमार्गमा पनि पहिरो खस्दा बाटो अवरुद्ध छ । सडकमाथिबाट ढुंगासहितको पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    याङवरक–२, दोभानमा पनि सडक अवरुद्ध छ । जेठ ८ गते राति करिब १२ बजे नै मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त स्थानस्थित मेवाखोलामा निर्माणाधीन पक्की पुल बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    “सोही निर्माणाधीन पुलको छेउमा रहेको फलामे झोलुंगे पुलमा समेत क्षति पुर्‍याएको हुँदा तत्काल पैदलयात्री समेत आवतजावत गर्न नसक्ने, वैकल्पिक बाटो नरहेको,” प्रहरीले भनेको छ ।

    उता, हुम्लामा हिल्सा–सिमकोट सडकखण्डमा आवगमन बन्द गरिएको छ । नाम्खा गाउँपालिका–२, च्यादुकस्थित भित्री सडकखण्डमा बाटो खन्ने कार्य भइरहेकाले माथिबाट ढुंगामाटो खस्ने जोखिमका कारण वैशाख २९ गतेदेखि त्यहाँ आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

    यता, काभ्रे–सिन्धुलीस्थित बीपी राजमार्ग सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत् छ । सम्भावित बाढीलाई मध्यनजर गर्दै त्यहाँ बेलुका ५ देखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट