Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विवाहित पुरुषलाई ‘अविवाहित’ सिफारिस

वडाध्यक्ष पक्राउ

वडाध्यक्ष पक्राउ

  • काठमाडौं । लिखत कीर्तेसम्बन्धी कसुरमा वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन् । तामाङ कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी काजीकुमार आचार्यका अनुसार उनलाई बाह्रबिसेबाट नियन्त्रणमा लिइएको हो । तामाङमाथि कीर्ते लिखत कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

    AGNI GROUP

    वडाध्यक्ष तामाङले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई ‘अविवाहित’ भएको सिफारिस दिएको अनुसन्धानबाट खुलेको छ । ती पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको उल्लेख गर्दै सिफारिस नदिन वडा कार्यालयमा लिखित निवेदनसमेत दिएकी थिइन् । तर, उक्त निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित भएको सिफारिस जारी गरिएको प्रहरीको भनाइ छ ।

    पीडित पक्षको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले सिफारिससम्बन्धी कागजात, निवेदनलगायतका प्रमाण वडाबाट बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij