Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रानीसैन सीमा विवाद समाधान गर्न रास्वपा सांसद खनालको सरकारसँग आग्रह

रानीसैन सीमा विवाद समाधान गर्न रास्वपा सांसद खनालको सरकारसँग आग्रह

  • काठमाडौं । रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन क्षेत्रको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल सहितको टोलीमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण गराए।

    AGNI GROUP

    उनले भने, ‘हिमाली गाउँपालिका क्षेत्रको साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार हो। त्यस क्षेत्रमा वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको त्यहाँ तस्करहरूले कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको छ। त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा र पर्यटकहरूको चहलपहल भएमा त्यहाँ अवैध साम्राज्य डिस्टर्ब हुने डरले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई अराजक समूहले कुटपिट र बन्धक बनाएका थिए भन्ने खबर प्राप्त भएको छ।’

    जनताबाट निर्वाचित जनप्रतिनिधिहरू नै स्थानीय तहको प्रवर्द्धन र पर्यटकीय प्रवर्द्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको बताए।

    उनले भने,रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु। प्रत्येक नागरिकले नागरिक जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस्।

    गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई रानीसैन क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न आग्रह गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij