Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालले मलेसियालाई दुई विकेटले हरायो

नेपालले मलेसियालाई दुई विकेटले हरायो

  • काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियालाई दुई विकेटले हराएको छ । एसियाली महिला छनोटको तयारीस्वरुप भएको पहिलो टी–२० खेलमा मलेसियाको बायुमास मैदानमा नेपाल विजयी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ३९ बलको सामना गर्दै ३२ रन बनाउँदै नेपालको जित सुनिस्चित गरेकी हुन् । रुबी पोदारले २२ बलको सामना गरेर १५ रन जोडिन् । ६८ रनको लक्ष्य नेपालले १७ ओभर तीन बलमा आठ विकेटको क्षतिमा ७१ रन बनाउँदै पूरा गरेको हो ।

    AGNI GROUP

    यसअघि सुरुमा बलिङ गरेको नेपालका लागि पूजा महतोले चावर ओभर बलिङ गर्दा मात्र १३ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्यायले चार ओभरमा १७ रन दिएर २ विकेट हात पारिन । रिया शर्माले २.५ ओभरमा १३ रन दिएर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले समान एकएक विकेट हात पारेका थिए ।

    मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य ब्याटर नेपाली बलिङसामु निरिह देखिए । अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट