Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

केन्द्रीय कारागारबाट फरार कैदी सपना तामाङ पक्राउ

केन्द्रीय कारागारबाट फरार कैदी सपना तामाङ पक्राउ

  • काठमाडौँ । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति उनलाई पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    लुकीछिपी बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

    AGNI GROUP

    शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन् ।

    २५ वर्षीया तामाङ बालिका हत्या, अपहरण र डाँकारचोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । उनी यसअघि पनि जेलबाट भागेकी थिइन् । दोस्रोपटक पनि उनी फरार हुन सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि प्रश्न उठ्न थालेको हो ।

    सपना पहिलोपटक २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला भागेकी थिइन् । त्यसको दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गरेको थियो ।

    उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी थिइन् । प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन् ।

    रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो ।

    प्रहरी अनुसन्धानले सपना किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखाएको छ । पटक–पटक पक्राउ परे पनि सुधारको मौका दिँदै छाड्ने प्रवृत्तिले अन्ततः गम्भीर अपराधसम्म पुग्न सहयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट