Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फ्रान्स जाँदै काठमाडौं मेयर डंगोल

फ्रान्स जाँदै काठमाडौं मेयर डंगोल

  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल विश्वचर्चित कान्स फिल्म महोत्सवमा भाग लिन आज फ्रान्स जाँदै छिन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक तोकेर उनी जान लागेकी हुन् । ज्येष्ठताका आधारमा श्रेष्ठलाई कार्यवाहक तोकेको डंगोलले जानकारी दिइन् ।

    AGNI GROUP

    उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । मेयर–उपमेयर दुवै नरहेको अवस्थामा वडाध्यक्षलाई कार्यवाहक तोक्ने प्रावधान रहेको छ ।

    प्रस्थान गर्नुपूर्व डंगोलले छोटो समयमा निर्णय लिएर जान लागेको बताइन् । यसको मुख्य उद्देश्य महानगरपालिकाले पनि फिल्म फेस्टिभलको आयोजना गर्ने रहेको उनको भनाइ छ ।

    डंगोलले भनिन्, ‘हामी पनि फिल्म फेस्टिभल घोषणा गर्ने भएकाले यसकै तयारीका लागि सर्ट नोटिसमा जाँदै छु ।’ कान्सका प्रमुखलाई पनि महोत्सवमा निम्ता गर्ने उनको तयारी छ । फ्रान्समा उनले ४ दिन बिताउने महानगरपालिकाले जनाएको छ ।

    यसअघिका मेयर बालेन्द्र शाह पनि कान्स फेस्टिभलमा सहभागी भएका थिए । उनले सन् २०२४ मा आयोजित महोत्सवमा भाग लिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट