Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बायर्नको फराकिलो जित, केनको ह्याट्रिक

बायर्नको फराकिलो जित, केनको ह्याट्रिक

  • काठमाडौँ । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा एफसी कोलोन लाई ५-१ गोलले पराजित गरेको छ। म्युनिखस्थित अलियान्ज एरिना मा भएको खेलमा हेरी केनले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    खेलको १०औँ मिनेटमा बायर्नले अग्रता लियो। कोनराड लाइमरको क्रसलाई जोशुआ किमिखले अगाडि बढाएपछि केनले नजिकबाट प्रहार गर्दै गोल गरे। त्यसको तीन मिनेटमै किमिखकै छोटो पासमा केनले सुन्दर प्रहार गर्दै दोस्रो गोल थपे।

    AGNI GROUP

    १८औँ मिनेटमा सइद एल मालाले कोलोनका लागि गोल गर्दै खेल २–१ बनाए। तर त्यसको चार मिनेटमै टम बिसखोफले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बायर्नको अग्रता फेरि दुई गोलको बनाए।

    दोस्रो हाफमा पनि बायर्नले दबाब कायम राख्यो। ६९औँ मिनेटमा केनले टाढाबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे। खेल सकिन सात मिनेट बाँकी रहँदा निकोलस ज्याक्सनले लुइस डियाजको पासमा गोल गर्दै बायर्नको ५-१ को जित पक्का गरे।

    यो सिजन बायर्न म्युनिखले बुन्डेसलिगामा कुल १ सय २२ गोल गरेको छ। यो युरोपका शीर्ष लिगमध्ये एक उत्कृष्ट प्रदर्शन हो। केनले पनि उत्कृष्ट लयमा रहँदै सिजनभर ३६ गोल गरेका छन्, जुन लिगमा सर्वाधिक हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट