Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदमा बोल्दा शब्द चयनमा संवेदनशील हुन सभामुख अर्यालको आग्रह

संसदमा बोल्दा शब्द चयनमा संवेदनशील हुन सभामुख अर्यालको आग्रह

  • काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभामा बोल्ने क्रममा शव्द चयनमा संवेदनशील हुन आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड घ मा उल्लिखित असंसदीय शब्द प्रयोग नगर्न र बोल्ने क्रममा सो व्यवस्थालाई ख्याल गर्न आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्च्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने भन्ने बिषयमा नियमावलीमा नै उल्लेख भएकाले यसमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij