Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संविधान संसोधन बहसमा नडाकिएका मिराज ढुंगानाको टिप्पणी–मुटुको सर्जरी प्लम्बरबाट हुँदैन

संविधान संसोधन बहसमा नडाकिएका मिराज ढुंगानाको टिप्पणी–मुटुको सर्जरी प्लम्बरबाट हुँदैन

  • काठमाडौँ । संविधान संसोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले हिजो केही जेनजी अभियन्ताहरुलाई बोलाएर छलफल गर्यो । तर, छलफलमा जेनजी आन्दोलनका एक प्रमुख अगुवा मिराज ढुंगाना भने निम्त्याइएनन् ।

    onlinepatrika
    Arghakhachi

    आफूलाई निम्तो नगरिएपछि ढुंगानाले सामाजिक सञ्जालबाट कार्यदलका अध्यक्ष असिम शाहलाई लक्ष्यित गर्दै कडा टिप्णी गरेका छन् । असिमलाई ‘डाइरेक्टर साब’ भनेर सम्वोधन गर्दै उनले आफूलाई निमन्त्रणा नदिएकोमा व्यंग्यात्मकरुपमा धन्यवाद दिएका छन् ।

    AGNI GROUP

    ढुंगाना थप कटाक्ष गर्दै लेख्छन्, ‘डाइरेक्टर साबको यो कार्यदलमा छलफल गर्न म नगएकै उत्तम हो । डाइरेक्टर साबले मेरो फलानो फिल्मको जस्तो मसालेदार संबिधान बनाउनु पर्छ भन्नु भयो भने म सुन्न सक्दिनँ होला ।’

    प्रधानन्यायाधीश छनोटमा ‘विज्ञता र क्षमता’ को परिभाषा ‘धेरै मुद्दा सुनेको’ बनाइएकोप्रति पनि उनले टिप्पणी गरेका छन् ।

    ‘त्यो पनि गलत संख्या रहेछ, धेरै मुद्दा सुनेको त अरू नै कसैले रहेछन्,’ ढुंगानाले लेखेका छन्, ‘न्यायिक प्रक्रियामा सुधार, नियम कानूनलाई पायोनियरिङ गर्ने व्यक्तिहरु ‘विज्ञ र क्षमतावान’ मा नपर्ने पो रहेछ ।’

    ‘विज्ञता र क्षमता’ कै आधारमा संविधान संसोधन समितिको प्रमुख नियुक्ति गर्दा एक–से–एक संबिधानविज्ञ योग्य भएनछन्, हाम्रो डाइरेक्टर साब यसको लागी सबैभन्दा योग्य र क्षमतावान पात्र निस्किनु भएछ । ‘योग्यता र विज्ञता’ को परिभाषा सायद ‘हट्के’ छ जस्तो लाग्छ हाम्रो नयाँ सरकारको, जस्तो फिल्ममा हुने गर्छ । यसको परिणाम त हामी नेपालीले भोग्ने नै छौँ ।’ उनी भन्छन् ।

    मुटुको सर्जरी गर्दा कार्डियोलोजिस्ट नै चाहिने, प्लम्बरले नहुने उनको थप टिप्पणी छ ।

    ‘अब मुटुको सर्जरी प्लम्बरले गर्ने हो भने के होला परिणाम, त्यो मैले परिकल्पना गर्न खोज्दै छु,’ उनले भनेका छन् ।

    सिरियस नोटमा उनले लेखेका छन्, ‘एउटा अनुरोध डाइरेक्टर साब, ‘खरानी ग्याङ’ सँग तपाईंको निकटता छ क्यारे, यो देशमा त्यस्ता ‘खरानी ग्याङ’ फेरी नआउने र जो आजका खरानी ग्याङ छन् तिनीहरुलाई पनि कारबाहीको घेरामा ल्याउने संबिधान बनाउनुस है !’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij