Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेसी एमएलएसका सर्वाधिक महँगा खेलाडी

मेसी एमएलएसका सर्वाधिक महँगा खेलाडी

  • काठमाडौं । लियोनल मेसी अहिले पनि मेजर लिग सकर (एमएलएस)का सबैभन्दा धेरै पारिश्रमिक लिने खेलाडी बनेका छन्।

    onlinepatrika
    Arghakhachi

    एमएलएस प्लेयर्स एसोसिएसनले सार्वजनिक गरेको विवरणअनुसार मेसीको वार्षिक आधारभूत तलब २ करोड ५० लाख डलर (करिब १८.५ मिलियन पाउन्ड) पुगेको छ। यो एमएलएसका दोस्रो सबैभन्दा धेरै कमाउने खेलाडीको भन्दा दोब्बरभन्दा बढी हो।

    AGNI GROUP

    अर्को महिना ३९ वर्ष पुग्न लागेका मेसीले गत अक्टोबरमा इन्टर मियामीसँग सम्झौता नवीकरण गरेका थिए।

    नयाँ सम्झौतापछि उनको आधारभूत तलब दोब्बर भएको हो भने कुल ग्यारेन्टी पारिश्रमिक २ करोड ८३ लाख डलर (करिब २०.९ मिलियन पाउन्ड) पुगेको छ।

    सन ह्युंग–मिन १ करोड ४ लाख डलर (करिब ७.७ मिलियन पाउन्ड) आधारभूत तलबसहित दोस्रो धेरै कमाउने खेलाडी बनेका छन्। लस एन्जलस एफसीबाट खेल्ने उनको कुल ग्यारेन्टी रकम १ करोड १२ लाख डलर रहेको छ।

    पूर्व टोटेनह्याम हट्सपर फरवार्ड सनको आम्दानी रोड्रिगो डे पउल र हिर्भिङ लोजानो भन्दा केही बढी रहेको बताइएको छ।

    यी पारिश्रमिकमा विज्ञापन सम्झौता वा मेसीलाई इन्टर मियामीमा हिस्सेदारी किन्ने विकल्पबाट हुने आम्दानी समावेश गरिएको छैन। इन्टर मियामीका सह–मालिक पूर्व इंग्लिस फुटबलर डेभिड बेकह्याम हुन्।

    मेसी सन् २०२३ मा फ्लोरिडास्थित क्लबमा आबद्ध भएका थिए। उनले एमएलएसका नियमित सिजनमा ६४ खेल खेल्दै ५९ गोल गरेका छन्। साथै उनले २०२५ मा इन्टर मियामीलाई एमएलएस कप जिताउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

    गत सिजन उनले लिगमा सर्वाधिक २९ गोल गरेका थिए। साथै २०२४ र २०२५ मा लगातार दुई पूर्ण सिजनमा उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट