Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पले भने– इरान युद्ध अन्त्य गर्न चीनको अवश्यक पर्दैन

ट्रम्पले भने– इरान युद्ध अन्त्य गर्न चीनको अवश्यक पर्दैन

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नरहेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पले चीन भ्रमणका क्रममा सी जिनपिङसँग विस्तृत वार्ता हुने जानकारी दिएका छन्।

    AGNI GROUP

    उनले भने, ‘हामीसँग छलफल गर्न धेरै विषय छन्। स्पष्ट रूपमा भन्नुपर्दा, इरान हाम्रो एजेन्डामा छैन, किनकि इरान पहिले नै हाम्रो नियन्त्रणमा छ।’

    इरानलाई चेतावनी दिँदै ट्रम्पले भने, ‘या त हामी सम्झौतामा पुग्छौं, नभए उनीहरू (इरान) ध्वस्त हुनेछन्।’

    यसअघि चीनको विदेश मन्त्रालयले ट्रम्प १३ मेदेखि १५ मेसम्म चीनको राजकीय भ्रमणमा रहने पुष्टि गरेको थियो।

    करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो। ट्रम्पको यो भ्रमण मार्चमै तय गरिएको थियो, तर मध्यपूर्वमा जारी तनावका कारण स्थगित गरिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij